काठमाडौँ – सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दसहित पक्राउ परेका १७ जनालाई प्रहरीले रिहा गरेको छ।
उनीहरु सबैलाई कलेजका सञ्चालक र आफन्तको रोहोबरमा हिरासतमुक्त गरिएको एसपी मल्लले बताए।चितवन मेडिकल कलेजमा नाराबाजी गर्ने क्रममा बुधबार पक्राउ परेका उनीहरुलाई बिहीबार बिहान रिहा गरिएको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए।
अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि उनीहरु पक्राउ परेका थिए।