बिराटनगर – सार्वजनिक बसभित्र किशोरी बलात्कार प्रयासको आरोपमा चालक र सहचालकलाइ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा न्यू सुनकोशी सुपर नामको ना ६ ख ९३४४ नम्बर यात्रुबाहक बसकाचालक मोरङ रंगेली नगरपालिका ३ का ३७ वर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका ४ का १९ वर्षीय सन्तोष न्यौपाने रहेका छन्। उनिहरुलाई इलाका प्रहरी रंगेलीले २२ भदौमा पक्राउ गरेको हो।
धनकुटा घर भइ आफन्तकोमा बस्दै आएकी १५ वर्षीया बालिकालाई उनीहरुले मोरङको बेलबारीबाट ललाइफकाई बसमा चढाएर रंगेली ९ स्थित दोहमनाहाटचौक लगेर बस भित्रै बन्दि बनाएर बलात्कार प्रयास गरेका थिए। तर बालिका चिच्याएपछि साँझ सडक किनारमा रोकिएको बसभित्र स्थानीयले बलात्कार प्रयास भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
पक्राउ परेका चालक र सचालक दुवैलाई फौजदारी संहिता अनुसार बलात्कार कसुरमा अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।