काठमाडौं– नेपाली स्टार स्पिनर सन्दिप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका छन्। उक्त खेलमा उनी ’म्यान अफ द म्याच’ पनि घोषित भए।
बार्बेडोस ट्राईडेन्टसका लागि नेभिस पेट्रिएट्सविरूद्ध उनले लिगको दोश्रो खेलमा ३ विकेट लिएका हुन्। टस हारेर पहिलो ब्याटिंग गर्दै बार्बेडोसले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८६ रनले जोडेको थियो।
यसको बदलामा १ सय ८७ रनको लक्ष्य पछ्याउन आएको सेन्ट किट्स २० ओभरमा ९ विकेट गुमाएर १६८ रनमा सिमित भयो र १८ रनले सन्दिपको टोली विजयी बन्यो।
बार्बेडोसको लागि सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए। चार ओभर बलिङ गरेका सन्दिपले २२ रन खर्चे। उनका कप्तान जेसन होल्डर र हेडन वाल्सले पनि यस खेलमा २/२ विकेट लिए।
सन्दिपले यस खेलमा आफ्नो पहिलो शिकार शाम्राह ब्रुक्सलाई बनाए। उनी क्याच आउट भएका हुन्।
यसैगरि दोश्रो विकेटका रूपमा लौरी इभान्सलाई क्याच आउट गराएका सन्दिपले तेश्रो विकेटकाे रूपमा कार्लोस ब्राथवेटलाइ पभेलियन फर्काए। ब्राथवेट सन्दिपकाे एलबिडब्लु धरापमा परेका हुन्।
सन्दिपको शानदार बलिङ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस।