काठमाडौं– प्रधानमन्त्री नेकपाकन अध्यक्ष केपी शर्मा ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य जाँच गरेका छन्। सिंगापुरमा प्लाज्मा फेरिसस प्रक्रियाबाट उपचार गरी उनी गत शुक्रबार स्वदेश फर्किएका थिए।
उनका निजि सचिवालय स्रोतअनुसार उनी सामान्य फलोअपका लागि आज बिहान अस्पताल पुगेका हुन्। सिंगापुरमा प्लाज्मा फेरिसस प्रक्रियाबाट उपचार गराएपछि प्रधानमन्त्रीलाई केही दिनका लागि एन्टिबायोटिक चलाइएको र त्यसले सामान्य कमजोरी महसुस गराएको बताइएको छ।
उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ। अहिले अस्पतालबाट फर्किएर उनी बालुवाटार पुगिसकेका छन्। शिक्षण अस्पाताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनले आफ्नो स्वास्थ्य परिक्षण गराएका हुन्।