काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले भक्तपुर दरबार स्क्वायरलगायत सम्पदाको स्थलगत अवलोकन गरेका छन्। भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिरलगायत ठाउँ अवलोकन गरेका विदेशमन्त्री वाङले यहाँका सम्पदा देखेर प्रसन्न हुँदै तस्वीर पनि लिए।
चिनियाँ राजदूत हउ याङ्छीलगायत भ्रमण दलका अन्य सदस्यसहित भक्तपुरका सम्पदाको अवलोकन भ्रमण गर्नुभएका उनले आफ्नो तस्वीर नखिंच्न पत्रकारलाई आग्रह गरे।
उनले आफूलाई सामान्य पर्यटकजस्तै गरी भक्तपुर अवलोकन गर्न दिन आग्रह गर्दै तस्वीर नलिइदिन अनुरोध गरेको एक सुरक्षाकर्मीले जानकारी दिए। भक्तपुर घुम्न पाउँदा अत्यन्त खुशी लागेको र यहाँका ऐतिहासिक सम्पदा देखेर रमाइलो लागेको विदेशमन्त्री वाङले बताए।