काठमाडौं–एकदिवसीय र टी–२० क्रिकेटको कप्तानमा वेष्ट इन्डिजले अलराउण्डर किरोन पोलार्डलाई नियुक्त गरेको छ।
एकदिवसीय क्रिकेटमा यस भन्दा अघि ज्यासन होल्डर कप्तान थिए र टी– २० क्रिकेटमा कार्लोस ब्राथवइट कप्तान थिए। वेष्ट इन्डिज क्रिकेट बोर्डले होल्डर र कार्लोसलाई हटाएर पोलार्डलाई क्रिकेटको एकदिवसीय र टी–२० फर्म्याटको कप्तानीमा नियुक्त गरेको हो।
३२ वर्षीय पोलार्ड आफ्नै घरेलु मैदानमा भारतविरुद्ध भएको टी–२० सिरिजको टिममा परे तर उनले खेल्न भने पाएनन्। उनले सन् २०१६ देखि एकदिवसीय क्रिकेटमा भने खेल्न पाएका छैनन् ।
वेष्ट इन्डिजले ज्यासन होल्डरको कप्तानीमा इंग्ल्यान्ड र वेल्समा सम्पन्न भएको विश्वकप क्रिकेट खेलेको थियो। उक्त खेलमा वेष्ट इन्डिजको प्रदर्शन भने निकै खराब रह्यो। होल्डरको कप्तानीमा टिमले विश्वकप क्रिकेटमा मात्र दुई खेल जितेको थियो ।