काठमाडौ — नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले भ्रमणको अन्तिम दिन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका केही शीर्ष नेता तथा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुषपकमल दाहालसँग भेट गरेका छन्।
काठमाडौंको नक्सालस्थित होटल म्यारियटमा उनले सुरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रतिनिधि मण्डलसँग भेट गरेका थिए। भेटमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि उपस्थिति थियो।
कांग्रेसका नेताहरुसँगको भेट पश्चात उनले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए। आइतबार तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं झरेका चिनियाँ विदेशमन्त्री आजै दिउँसो स्वदेश फर्कदै छन्।