काठमाडौं– पूर्वसभासद योगेन्द्र घिसिङले सार्वजनिक बसमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
रत्नपार्कबाट ललितपुरको भैंसेपाटी जाने बसमा उनले क्याम्पस पढ्ने २१ वर्षकी युवतीमाथि यौन दुव्र्यवहार गरेपछि स्थानीयले कब्जामा लिएर प्रहरीलाई बुझाएका हुन्।