काठमाडौ – चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार सम्झौता पत्र हस्ताक्षर भएको हो। उक्त पत्रमा नेपाल र चीनबीच तीन सम्झौता भएको छ। काठमाडौंको एक पाँचतारे होटलमा उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको हो।
पहिलो सम्झौता लगभग ३५ करोड रकम लागतमा चीनले मनाङमा अस्पताल बनाउने भएको छ। अर्को सम्झौता आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने छ। दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन्।
तर्सो सम्झौता चिनियाँका स्वयं सेवक शिक्षकहरु नेपाल आउनेछ। यसमा शिक्षा सचीवले हस्ताक्षर गरे।