काठमाडौ — सभामुख कृष्णबहादुर महरा र आयरल्याण्डस्थित आइरिस पार्लियामेन्टका सभामुख सेन ओ फेरगेलबीच भेटवार्ता भएको छ।
सभामुख महराले नेपाल भ्रमणमा रहेका समकक्षी आइरिस सभामुख सेनसंग भेटवार्ताको निमन्त्रणा दिएका थिए, र सोमबार सभामुखको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो।
भेटवार्तामा दुई देशबीचको सम्बन्धका बारेमा चर्चा लगाएत संसदीय प्रक्रिया र अभ्यास, संसदीय मैत्री समूह गठन, शिक्षा, पर्यटन, व्यापार आदी विषयमा छलफल भएको थियो।
उक्त अवसरमा सभामुख महराले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध एक सय वर्षभन्दा पुरानो रहेको चर्चा गरे र दुई देशबीचको सम्बन्धअझैँ सुमधुर र घनिष्ठ बनाउन सभामुख नेतृत्वको प्रतिनिधि मण्डलको नेपाल भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।