काठमाडौं– नेपालको ऐतिहासिक धरोहर धरहरा पुनःनिर्णण कामले गति लिन सकेको छैन। भुकम्प गएको ४ वर्ष बितिसक्दा पनि पुनःनिर्माणकाे काम तीव्र नभएकाे भन्दै धेरैले सरकार तथा पुनःनिर्माण प्राधिकरणको आलोचना गरिरहेका छन्। सबैको चासोको विषय बनेको धरोहरा कहिले बनिसक्ला थाहा छैन।
तर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने धरहरा पुनःनिर्माणको काम छिटो समपन्न गर्न निदेशन दिएका छन्। उनले पुनर्निर्माण हुँदै गरेको धरहरा र उपाकु जानेबाटोको निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन्। मेयरसँगै वडा–२२ का अध्यक्ष चिनकाजी महर्जन पनि निरिक्षणमा संलग्न थिए।
निर्माणका क्रममा समस्या भए त्यसको समाधान गर्न तयार रहेको पनि उनले बताएका छन्। करीब २३ प्रतिशत काम सम्पन्न भएको भन्दै सकेसम्म निर्धा्रित समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । धरहरा निर्माणको ठेक्का रमन जेभीले निर्माणलाई ३ अर्ब ८ करोडमा दिइएको थियो। सो निर्माण कम्पनीले २३ प्रतिशत काम सकिएको र अन्य काम पनि धमाधम भइरहेको बताएको छ। काम सन् २०२० को अक्टोवरमा सकाउने गरीसम्झौता भएको थियो।
धरहरा निर्माणको काम सन्तोषजनक नभएको भन्दै सबैतिरबाट चर्काे आलोचना भइरहेको बेला मेयरले नै निरिक्षण गरी काम छिटो गर्न निर्देशन दिएपछि धरहरा ताेकिएकाे समयमा ठडिने अपेक्षा गर्न थालिएको छ।