काठमाडौं– समाजवादी पार्टी नेपालकी नेतृ हिसिला यमी घाइते भएकी छिन्। उनलाई आफ्नो निवासबाट पार्टी कार्यलय जादै गर्दा बल्खुमा मोटरसाइकलले ठक्कर दिएको बताइएको छ।
पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेकी उनलाई उपचारको लागि बी एण्ड बी अस्पताल लगिएको छ। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ। उनलाई अनटेष्ट मोटरसाइकलले हानेको उनका पति तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइका स्वकीय सचिवले जानकारी दिएका छन्।
आइतबार मध्यान्नमा उनी दुर्घटनामा परेकी थिइन्। उनलाई आज नै अस्पताल बाट डिस्टार्च गरिने पनि बताइएकाे छ।