सिन्ह्वा, छेन्दु – चिनको वाईयुयानमा ५ दशमलव ४ म्याग्नीच्युडको भुकम्प जादा एकको मृत्यु भएको छ भने २९ जना घाईते भएका छन्। स्थानीय समय अनुसार बिहान पौने सात बजे भूकम्प आएको थियो। बिहान १० बजेसम्ममा भूकम्पमा परेर घाइते भएका २९ जनाको उद्धार गरिएको छ।
भूकम्पका कारण कम्तीमा १७ घर पूर्ण रुपमा भत्किएको र अरु २१५ घरमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन्।
घाइते सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ। उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।