एजेन्सी– युरोकप छनोटमा धमाकेदार विजय प्राप्त गर्न सफल भएका छन् विश्वकप विजेता फ्रान्स र इङ्ल्यान्ड। फ्रान्सले अल्वानियालाई शनिबार राति भएको समूह ‘एच’ को खेलमा ४–१ गोलले पराजित गरायो। इङ्ल्यान्डले पनि समूह ‘ए’ को खेलमा बुल्गेरियालाई ४–० गोलले पराजित गर्यो।
ओलिभर जिरु र जोनाथन इकोनेले एक–एक गोल र त्यसैगरि घरेलु मैदानमा फ्रान्सलाई जिताउने किङ्सले कोमानले दुई गोल गरेका हुन्। त्यसैगरि अल्वानियाका सोकोल सिकालेसीले पनि चौथो गोल फर्काएका थिए।
कोमानको गोलबाट फ्रान्सले ८औं मिनेटमा अग्रता लिएको थियो। गिरोडले लुकास हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सको अग्रता २७औँ मिनेटमा दोब्बर बनाए।
एन्टोइन ग्रीजम्यान ३७औँ मिनेटमा पेनाल्टीमा चुकेका थिए। त्यस्तैगरि किङ्सले कोमानले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता ६८औँ मिनेटमा मजबुत बनाए। जोनाथनले नविल फेकिरको पासमा गोल गर्दै फ्रान्सलाइ ८५औँ मिनेटमा जिततर्फ लगे। अल्वानियाका सोकोल सिकालेसीले पेनाल्टीमा ९०औँ मिनेटमा चौथो गोल फर्काए।
समूह ‘एच’ को शीर्ष स्थानमा रहेका फ्रान्सले १२ गोल हान्न सफल भएको छ। चौथो स्थानमा पुग्न सफल अल्वानियाले ६ गोल बनाएको छ। टर्कीले एन्डोरालाई यही समूहको अर्काे खेलमा १–० गोलले हराएको हो। १२ गोल हान्न सफल टर्की गोल अन्तरमा दोस्रो स्थानमा छ।
कुनैपनि अंक जोड्न असफल एन्डोरा खेल तालिकाको अन्तिमममा छ। आईसल्यान्डले अर्को खेलमा मोल्डोभालाई ३–० गोलले हरायो। जितसँगै १२ गोल हान्न सफल आईसल्यान्ड गोल अन्तरका आधारमा तेस्रो स्थानमा रहेको छ। चौथो स्थानमा भएको मोल्डोभाले ३ गोल हानेको छ।
यसैगरी इङ्ल्यान्डको जितमा कप्तान ह्यारी केनले समूह ‘ए’ को एकपक्षीय खेलमा ह्याट्रिक गरे। रहिम स्ट्रलिङले एक गोले थपे। २४औँ मिनेटमा केनले खाता खोलेका थिए । त्यसपछि पेनाल्टीमा दुई गोलगर्दै उनले ५०औँ र ७३औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। ५५औँ मिनेटमा स्ट्रलिङले गोल गरेका थिए।
जितसँगै ३ खेलबाट ९ गोल हान्न सफल भएको छ इङ्ल्यान्ड। अपराजित यात्रा कायम राख्दै इङ्ल्यान्ड शीर्ष स्थानमा छ। २ गोल हान्दै बुल्गेरिया खेल तालिकाको अन्तिममा छ। चेक रिपब्लिकलाई कोसोभोले यही समूहको अर्काे खेलमा २–१ गोलले पराजित गरेको छ।
कोसोभो जितसँगै ८ गोल हान्दै दोस्रो स्थानमा पुग्न सफल भएको छ। यसैगरि ६ गोल हानेको चेक रिपब्लिक तेस्रो स्थानमा छ ।