काठमाडौं – यस वर्ष दसैँको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको पञ्चाङ्ग निर्णायक समितिल जनाएको छ। दसैंको टीका यो वर्ष असोज २१ गते मंगलबार परेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो। बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको सिमितले जनाएको छ। घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम रहेको बताइएको छ।
समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ।