काठमाडौं– काठमाडौंमा ओमानको वायुसेवा कम्पनी सलाम एयरले अब दैनिक उडान गर्ने भएको छ। शो कम्पनीले हप्तामा तीन पटक मात्रै उडान गर्दै आएको थियो। तर अब आउने दिनहरुमा दैनिक रुपमा उडान गर्ने घोषणा गरेका छन्।
उक्त कम्पनीले १ वर्ष अगाडी देखि नेपालमा उडान शुरु गर्दै आएको थियो । कम्पनीकाअनुसार १ वर्ष भित्र करिब ५० हजार यात्रु बोकिसकेको छ । अब आउने वर्ष कम्पनीले यात्रु सख्या दोब्बर बनाउने लक्ष्य राखेको बताएको छ।
सलाम एयर कम्पनीले विभिन्न २० गन्तव्यमा ९ जहाजबाट उडान गर्दै आएको छ। यस कम्पनीको उडान व्यवस्थापन नेपालमा आईएमई इन्सेन्टिभ ट्राभल्सले गर्दै आएको छ।