इलाम – मिनि ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। बाँस बोकेर रोङ १ शन्तिपुरबाट तीनघरे तिर जाँदै गरेको मे १ ख २२५६ नम्बरको ट्रक लट्टे भिरबाट खस्दा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा धुर्ब कार्की चालक रहेका छन् भने दमक नगरपालिका ५गाडी मालिकको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। त्यसैगरी घाईते भएका नरेश खड्का र रमेश चौहानलाई उपचारका लागि बिएण्डसी अस्पतालमा लगिएको छ।