एजेन्सी - एसीसी यु–१९ एसिया कपअन्तरगत नेपालले खेलीरहेको आजको पहिलो खेलमा नेपाली युवा टोलीका ओपनर रित गौतमले अर्धशतक प्रहार गरेका छन्। बलियो प्रतिद्वन्द्वी श्रीलंकाले दिएको शुरुवाती झट्काबाट सम्हालिदै रितले संयमित अर्धशतक प्रहर गरेका हुन्। उनले ७४ बलमा ४ चाैका प्रहार गर्दै ५१ रन बनाएर खेलिरहेका छन्।
अहिले नेपालले २७ ओभरमा मात्र २ विकेटकाे क्षतिमा १०९ रन बनाएकाे छ।
टस जितेर पहिले व्याटिङमा उत्रीएको नेपालको शुरुवाती २ विकेट श्रीलंकाले सस्तोमै झारेको थियो। नेपालले ९ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ४३ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहि समयको लागि रोकिएको थियो।
वर्षाको कारण रोकिएको खेल अहिले पुनः सुचारु भएको हाे। खेललाई ४२ ओभरमा झारिएको छ ।