चितवन– हेटौंडालाई नै प्रदेश ३ को स्थायी राजधानी बनाइने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठोकुवा गरेका छन्। चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।
हेटौंडा सबै कोणबाट प्रदेशको राजधानी हुन लायक भएकोले प्रदेश सभाले छिट्टै यसबारे निर्णय गर्ने उनले बताए। हेटौंडाको पुर्वाधारलाई ध्यानमा राख्दै यसअघि नै अस्थायी राजधानी घोषणा भइसकेको स्मरण गराउदै प्रदेश राजधानीको लागि अर्को उत्तम विकल्प नभएको उनले दाबी गरे।
उनी लामो समयदेखि हेटौंडालाई प्रदेश ३ को स्थायि राजधानी बनाउन लागि परेका छन्।
सुर्खेतमा भएको गाईहत्याले आफू मर्माहित भएको बताउँदै दोषीलाई कडा कारबाही गर्न आफ्नो पार्टीले माग गरिरहेको उनको भनाइ थियो।