काठमाडौं- नेपालमा खाना पकाउने एलपीजी ग्यासको भण्डारणगृह तथा बोटलिङ प्लान्ट निर्माणको प्रक्रिया अघि बढेको छ । धनुषामा आयोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन परामर्शदाता खोजिएको नेपाल आयल निगमले जनाएको छ ।
प्रदेश १ को झापा र २ दुई स्थानमा रहेका निगमको जमिनमा अत्याधुनिक प्रविधियुक्त एलपीजी ग्यास भण्डारण गृह र बोटलिङ प्लान्ट निर्माणको डीपीआर तयार गर्न लागिएको छ । आयोजना बनाउन परामर्शदाता माग्दै बिहीबार बोलपत्र आह्वान गरिएको निगमका महाप्रबन्धक सुरेन्द्र पौड्यालका अनुसार पहिलो चरणमा झापाको चारआली र जनकपुरमा
रहेको जानकारी दिएका छन् ।
ती दुवै स्थानबाट ३०–३० हजारको दरले दैनिक ६० हजार थान सिलिन्डर उत्पादन गर्ने निगमले जनाएको छ । भण्डारण गृहसंगै पाँच–पाँच सय टन क्षमताका सिलिन्डर उत्पादन गर्ने कारखाना पनि निर्माण गरिने दुवै स्थानमा निर्माण गर्न लागिएको भण्डारण गृह तीन हजारदेखि ५ हजार टन क्षमताको हुने छ ।
निर्माण गर्न करिब ७५ करोड रुपैयाँ लाग्ने अनुमान निगमको आफ्नै स्वमित्वको जमिनमा भण्डारणगृह र सिलिन्डर उत्पादन कारखाना निर्माण चालु आव ०७६र०७७ मा निगमले प्रदेश १ मा झापाको चारआली, प्रदेश २ मा जनकपुरको महेन्द्रनगर र प्रदेश ३ मा मकवानपुरको हेटौंडामा भण्डारणगृह निर्माण गर्ने योजना अगाडि बढाएको थियो ।
साथै निगमले हेटौँडाको विषयमा छलफल अझै नटुंगिएको जनाएको छ । ग्यासको भण्डारणगृह तथा बोटलिङ प्लान्ट निमार्णलाई निगमले कोषेढुंगा मानेको महाप्रबन्धक पौडेलले बताए अनुसार मुलुकभर मासिक ४५ हजार टन हाराहारी ग्यास खपत हुने गरेको छ उत्पादन थालेपछि ग्यास व्यवसायमा रहेको निजी क्षेत्रको एकाधिकार तोडिने विश्वास निगमको छ । आफ्नै ब्रान्डमा सिलिन्डर भण्डारणगृह उत्पादन बढे्मा धेरैलाई सहुलियत मिल्ने छ ।