काठमाडौं– एसीसी यु–१९ एसिया कपमा अफगानस्तानले पाकिस्तानलाई १ सय ६३ रनको विजयी लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको अफगानस्तानले निर्धारित ४६ ओभरमा समाप्तिमा ९ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको हो।
अफगानस्तानको लागि सेदिक्वलाह अतलले सर्वाधिक २९ तथा राहमुन्लाहले २७ रनको योगदान दिएका छन्। त्यस्तै नुर महमदले १३ बलमा १७ रन हान्दै नट आउट रहे।
पाकिस्तानका लागि आमिर अली र फहद मुनिरले समान ३–३ विकेट लिए। अफगानस्तानलाई सामान्य योगफलमा रोक्न नसिम शाहले ९ ओभरमा २ मेडेन राखेर मात्र १३ रन दिदै १ विकेट लिएका थिए। वर्षाको कारण खेल बीचमा केहि समय रोकिए पनि पुनः शुचारु भएको थियो।
पाकिस्तानले अहिले जवाफि ब्याटिङ गरिरहेकाे छ। उसले ४.२ ओभरमा १ विकेटकाे क्षतिमा १७ रन बनाएकाे छ।