काठमाडाैं– अनुभवी स्पिनर रविचन्द्रन आस्विनलाई दिल्ली क्यापिटल्सले किन्ने अनुमान चलीरहेकाे छ। त्यसो भएमा नेपाली स्पिनर सन्दीप लामिछानेलाई भने घाटा हुने निश्चित छ। दिल्लीमा अहिले नै सात जना स्पिनर रहेकाे र आस्विन अझ अनुभवी स्पिनर भएका कारण सन्दीप पहिलो रोजाईमा नपर्न सक्छन्। गत सिजन दिल्लीबाट खेलेका सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए।
अक्षर पटेल, अमित मिश्रा, राहुल टेवाटिया, जलाज सक्सेना, मायंक मार्कण्डे, जे सुचिथ पहिले नै दिल्लीमा रहेका कारण नेपाली स्पिनरले चान्स पाउनेमा शंका उत्पन्न भएको छ। २०१८ को सिजनमा आस्विन ७.६ करोड भारुमा पञ्जावको कप्तान भएर खेलेका थिए। उनले आइपिएलका १३९ खेलमा १२५ विकेट लिइसकेका छन्।
गत सिजनमा आधा भन्दा बढी खेल्न नपाएका सन्दीपले टिममा पर्न कडा प्रतिस्पर्धा गर्नु पर्नेछ। पछिल्लो समय सन्दीपको प्रदर्शन सन्तोषजनक छैन। त्यसैले विदेशी खेलाडीको रुपमा दिल्लीको पहिलो रोजाइमा पर्न सन्दीपले प्रदर्शनमा धेरै सुधार गर्नुपर्ने देखिन्छ।
यदि दिल्लीको पहिलो रोजाइमा नपर्ने सम्भावना हो भने सन्दीपले त्यसको विकल्प स्वरुप अर्को टिम रोज्नुपर्ने हुन्छ।