काठमाडौ – प्रदेश २, राष्ट्रिय जनता पार्टी नेपाल बाराको निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने बताएको छ।
राजपा अध्यक्ष मण्डलको मंगलबार बसेको बैठकपछि संयोजक राजकिशोर यादवले विज्ञप्ति निकालेर ‘कुनै पनि नाम, बाहना र कारण देखाएर अन्यत्र वा अन्यथा गर्ने चर्चा(परिचर्चाप्रति राजपाको गम्भीर ध्यानाकर्षण भएको’ उल्लेख गरेका छन्।। सरकारले विमानस्थल बनाउन प्रदेशभित्रकै अरू खाली जग्गा प्रयोग गर्न संघीय सरकारलाई सुझाव दिने तयारी गरेको थियो।
प्रदेशले वन क्षेत्र ४० प्रतिशत र्पुयाउने लक्ष्य लिएकोमा विमानस्थल बनाउँदा रूख कटान हुने भन्दै प्रदेशले विकल्प खोज्नुपर्ने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले बताएका थिए। राजपाले भने निजगढमै विमानस्थल बनाउन आफूहरू प्रतिवद्ध रहेको प्रष्ट पारेको छ।
‘विमानस्थल निर्माण गर्न प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न, अनावश्यक रूख कटानी नगर्न, वनस्पति र वन्यजन्तुको विनाश रोक्न गम्भीरतापूर्वक ध्यान दिनुपर्छ,’ संयोजक शाहले उल्लेख गरेका छन्।
यस्तै, राजपाले विमानस्थल बनाउनका लागि रूख कटानी गर्दा वनमा निर्भर तल्लो भेगका जनतालाई हुने पानीको समस्या, नदीनालाको विनाश र समग्र पर्यावरणीय प्रभाव मूल्याकंन गरी प्रस्तावित अन्तरााष्ट्रिय विमानस्थलको द्रुत र शीघ्र निर्माणको लागि गम्भीरतापूर्वक कार्य गर्न ध्यानाकर्षण गराएको छ।