काठमाडौं– लामो समयको प्रतिक्षा पश्चात जननिर्वाचित संविधान सभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ घोषणा भयो। तर त्यसलाई सर्वस्विकार्य भने बनाउन सकिएको छैन। संविधानको विषयमा अझै पनि केहि राजनितिक दलको असन्तुष्टि कायमै छ।
संविधानको विरोध गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान दिवसको पनि विरोध गर्ने जनाएको छ। सरकारले संविधान जारी भएको असोज ३ गतेलाई भव्य रूपमा मनाउने तयारी गरिरहेका बेला राजपा भने विरोध गर्ने जनाएको छ।
अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले विज्ञप्ति निकाल्दै ‘संविधान संशोधनको मुद्दा सम्बोधन नभएकोले राजपा नेपालले विगतमा संविधान जारी भएको मिति असोज ३ गतेलाई विरोध दिवसको रूपमा मनाउँदै आएकोमा सो कार्यलाई निरन्तरता दिँदै असोज ३ गते देशव्यापी विरोध दिवस मनाउने निर्णय भएको छ,’ भनेका छन्।