काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टीका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आज सिंगापुर जाने भएका छन्। वामदेव गौतम आज दिउँसो १ बजे सिंगापुर जान लागेको कुरा उनको नीजि सचिवालयले जानकारी दिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि वामदेव गौतम सिंगापुर जान लागेका हुन्।
अब उनी प्रधानमन्त्री ओलीलाइ लिएर मात्र स्वदेश फर्किने भएका छन्।नेकपाका महासचिव विष्णु पौडेल मंगलबार नै प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर गइसकेका छन्।ओलीको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ। प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।