एजेन्सी– अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टेष्ट वरीयतामा नम्बर वान टेष्ट खेलाडी अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ बनेका छन्। उनले भारतीय कप्तान विराट कोहलीलाई उछिनेका हुन्।
९ सय ४ रेटिङ पाएका स्मिथ शीर्ष स्थानमा छन् भने ९ सय ३ रेटिङ पाएका कोहली दोस्रो स्थानमा छन्। त्यस्तै केन विलियमसन तेस्रो,चेतेश्वर पुजारा चौथो र हेनरी निकोलस पाँचौ स्थानमा छन् ।
टेष्टको बलिङतर्फ भने प्याट कमिन्स शीर्ष स्थानमा र कागिसो रबाडा दोस्रो स्थानमा छन्। जोसन होल्डर टेष्टको अलराउन्डर तर्फ शीर्ष स्थानमा र बेन स्टोक्स दोस्रो स्थानमा छन् ।