काठमाडौं– सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदका सदस्यबीच फेरि भिडियो कन्फेरेन्स मार्फत कुराकानी भएको छ।
उक्त छलफलमा प्रधानमन्त्री ओलीले मन्त्रालयमा भइरहेका काम कारबाहीको बारेमा मन्त्रीहरुसँग जानकारी मागेका थिए। आफू सिंगापुर आएदेखि रोकिएका कामहरुबारे पनि उनले चासो देखाएका थिए।
केहि समयअघि भिडियो कन्फरेन्सबाट गरिएको छलफललाई ‘मन्त्रिपरिषदको बैठक’ भनिएको विषय विबादमा परेका थियो।मृगौलाको उपचार गराइरहेका ओली शुक्रबार स्वदेश फर्किने बताइए पनि उनलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल भने सिंगापुर गएका छन्।