काठमाडौं– असोज १८ देखि २३ गतेसम्म नेपालले ५ राष्ट्रसँग टी–२० सिरिज खेल्दै छ। ओमान हुने सो सिरिजमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल भने नखेल्ने भएका छन्।
ज्ञानेन्द्रले आफ्नो व्यक्तिगत समस्याका कारण सिरिज आफूले नखेल्ने बताएका हुन्।
सिरिजमा आयोजक ओमानसँगै नेपाल, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्याण्डको सहभागिता छ। नेपालले आफ्नो पहिलो खेल असोज १९ गते हङकङसँग खेल्दैछ।