काठमाडौं– महिला भलिबल प्रतियोगिताका च्याम्पियन नेपाल पुलिस क्लब बनेको छ। आज भएको फाइनलमा पुलिसले होंगान्जी न्यू डायमण्ड एकेडेमीलाई ३–० काे सेटमा हराएको हो।
एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले भाग नलिएको यस प्रतियोगिता मा शुरूवातमा केहि कमजोर प्रदर्शन गरेको पुलिसले फाइनलमा होंगान्जी न्यू डायमण्ड एकेडेमीलाइ भने सजिलै पराजित गरेको हो।
२५–१६, २५–१४ र २५–२० को सेटमा पराजित न्यू डायमण्ड एकेडेमीले भने उप विजेतामा नै चित्त बुझाएको छ। यस उपाधि जितेसँगै पुलिसले १ लाख रुपैयाँ र न्यु डायमण्डले ६५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।