एजेन्सी– आर्सनल र टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा २–२ गोलको बराबरी खैल्दै अंक बाँडेका छन्।
खेलमा राम्रो शुरुवात गरेको टोटनह्यामले १० औं मिनेटमा क्रिष्टियन इरिक्सनको गोलमा अग्रता बनाएको थियो। त्यस्तै हेरी केनले ४० औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर बनाएका थिए।
तर आर्सनलका मयमा एलेक्जेन्डर लाकाजेटीले पहिलो हाफको थप समयमा गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए। त्यसपछि लयमा फर्किएको आर्सनललाई ७१ औं मिनेटमा पेरर इमरिकले गोल गर्दै बराबरीको स्थितिमा ल्याएका थिए।
बल पोजेशन राम्रो राखेको आर्सनलले खेलमा राम्रो कमब्याक गर्दै अंक बाँडेको हो।यस खेलसँगै आर्सनलको सात अंक भएको छ भने टोटनह्यामको ५ अंक छ।