काठमाडाैं– स्वास्थोपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नेपाल फर्कँँदै छन्। आफू ठिक भएको भन्दै उनले नेकपाका नेता सुबास नेम्वाङलाइ फोन गरी यस्तो बताएका हुन्।
उनले संसदीय काम कारवाही र विधेयकहरुको विषयमा जानकारी लिन नेम्वाङलाई फोन गरेका हुन्। सबै विधेयकहरुको सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइएको र कुनै चिन्ता नलिन ओलीलाई आफूले आग्रह गरेको नेम्वाङले बताएका छन्।
स्वास्थ्य उपचारका लागि ओली भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए। सिंगापुरमा उनको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउनको लागि उपचार भइरहेको थियो।