एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिड र भिल्लारियलले २–२ को बराबरी खेलेका छन्। रियलका लागि दुबै गोल वेल्स फरवार्ड ग्यारेथ बेलले गरेका थिए। यससँगै दुई टिमले अंक बाँडेका छन्।
खेलको १२ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दैे घरेलु टोली भिल्लारियललाई अग्रता दिलाएता पनि पहिलो हाफको अन्तिम मिनेटमा ड्यानी कार्भाजलको पासमा बेलले गोल गर्दै रियललाई खेलमा फर्काएका थिए।
त्यस्तै दोस्रो हाफको ७४ औं मिनेटमा भिल्लारियलका मोइ गोमेजले गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याए। तर खेल सकिनुभन्दा ४ मिनेट अघि बेलले लुका मोड्रिचको पासमा गोल गर्दै रियललाई हारबाट जोगाएका थिए। शनशनीपूर्ण खेल प्रदर्शन गरेका बेल खेलकाे अन्त्यतिर दुई मिनेटको अन्तरमा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छोड्न बाध्य भएका थिए।
३ खेलमा ५ अंक जोड्दै रियल तालिकाको पाँचौ स्थानमा छ भने एट्लेटिको म्याड्रिड ९ अंकको साथ शीर्षस्थानमा छ।