काठमाडौं– त्रिभुवन विमानास्थलका कर्मचारिलाई अफिस टाइममा मोबाइल नचलाउन निर्देशन दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री योगेशकुमार भट्टराईले यस्तो निर्देशन दिएका हुन्।
विमानस्थलका कर्मचारिलाई कडाइ गर्दै अनुशासनमा राख्न सिसिक्यामेराको समेत निगरानी गरिने उनले बताएका छन्। ‘त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो जानकारी दिएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी दिँदै उनले विमानस्थल देशको इज्जतसँग सम्बन्धित भएकोले सबैलाई अनुशासनमा बस्न आग्रह गरे।
कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्न सबैलाई कारबाही गर्न विमानस्थल नेतृत्वलाई समेत आदेश दिएका छन्।