एजेन्सी –साविक विजेता बार्सिलोनले स्पेनिस ला लिगामा अंक बाँडेको छ। मुख्य खेलाडी मेस्सी र सुआरेज विना मैदान उत्रिएको बार्साले ओसासुनासँग २–२ गोलको बराबरी खेलेको हो।
घरेलु मैदानमा ओसासुनाले खेलको ७ मिनेटमा रोबर्टो टोरेसको गोलमा शुरुवाती अग्रता पाएको थियो। बार्सिलोनाका उदाउँदा स्टार अन्सु फातीले ५१ औं मिनेटमा हेडर गोल गर्दै टिमलाई खेलमा फर्काए।
१६ वर्षिय फातीले बार्सिलोनाका लागि ला लिगामा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड पनि बनाए। खेलको ६४ औं मिनेटमा आर्थरले गोल गर्दै पाहुना टोलीलाई २–१ को स्थितिमा पुर्याएका थिए।
तर खेल सकिनुभन्दा केहि समय अघि टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै खेल घरेलु टोलीलाई बराबरीको स्थितिमा ल्याए।साविक विजेता बार्साले ला लिगाको यो सिजनको पहिलो खेल हारेको थियो भने दोस्रो खेल जितेको थियो।