वासिङ्टन– सामाजिक संजाल ट्वीटरका मालिककै एकाउन्ट ह्याक भएको छ । शुक्रबार दिउसो ट्वीटरका मालिक ज्याक डोर्सेको एकाउन्ट ‘ह्याक’ गरेर उनकै एकाउन्टबाट विभिन्न ट्वीट भएका छन् ।
जातीय द्वेष फैलाउने किसिमका पोष्ट भएको बताईएको छ । जसबाट सामाजिक हिंसा भड्काउनसक्ने स्टाटस उनका फलोअर्समाझ सम्प्रेषण भएका हुन् । तीमध्ये एउटा ट्वीटले नाजी शासक एडोल्फ हिटलर निर्दोष भएको दावी गरेको थियो ।
यस्तै ट्वीटर मुख्यालयमै बम राखिएको लगाएत अफ्रिकन–अमेरिकन र ज्युजहरुविरुद्ध पनि रंगभेदी ट्वीट ज्याकको ट्वीटर एकाउन्टबाट सार्वजनिक भएको बताईएको छ ।
सान फ्रान्सिस्को स्थित ट्वीटरको ‘कम्युनिकेशन टीम’ले उक्त एकाउन्ट कसरी ह्याक भयो भन्ने बारे अनुसन्धान गरिरहेको जनाएको छ । तर पछिल्लो ट्वीटबाट भने उक्त ट्वीटर एकाउन्ट सुरक्षित भएको सूचना आएको थियो ।