एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सचिवालयको बिजुली लाइन काट्ने विद्युत कम्पनीले जनाएको छ। विद्युतको बिल तिर्न बारम्बार सुचना दिएपनि सचिवालयले बेवास्ता गरेपछि कम्पनीले बिजुली काट्ने सुचना दिएको हाे।
इस्लामावाद विद्युत वितरण कम्पनलाई यस महिना ४१ लाख र गत महिनाको ३५ लाख बिजुली बिल तिर्नुपर्ने पाकिस्तानी सञ्चवरमाध्यमले जनाएको छ। पाकिस्तानको लागि यो घटना नौलो भने होइन।
बारम्बार प्रधानमन्त्रीको सचिवालयले बिजुली बिल नतिर्ने गरेको समाचारमा उल्लेख छ। इमरान खानले यसअघि पास्तिानको ढुकुटिमा पैसा सकिएको जनाएका थिए । साच्चै पैसाको अभावमा प्रधानमन्त्रीको सचिवालयले बिल तिर्न नसकेको हो त?