काठमाडौँ, ६ माघ — संवैधानिक परिषदले चार समावेशीसहित पाँच आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको छ।
संविधानमा नयाँ व्यवस्था गरिएका चार समावेशीसहित पाँच नयाँ आयोगको अध्यक्ष नियुक्तिका लागि सिफरिश गरिएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाको अनुपस्थितिमै बसेको परिषद बैठकले पाँच आयोगका अध्यक्ष नियुक्तिको सिफारिस गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पूर्व सचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिश गरिएको छ।
पूर्वसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग, विजयकुमार दत्तलाई मधेशी आयोग, विष्णुकुमार चौधरीलाई थारू आयोगमा र समिम अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको छ।
संवैधानिक परिषद सचिवालयले उनीहरुको नाम संसदीय सुनुवाइका लागि आइतबार संघीय संसद सचिवालयमा पठाएको छ।