हाइकाउ – चीनको दक्षिणमा अवस्थित हेनान प्रान्तमा बिहीबार बिहान आएको आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे हेनानको दान्झाउ नगरमा आँधी चलेको थियोा एउटा निर्माण कम्पनीमा कार्यरत मजदूरहरु बसेको छाप्रोले थिचिएर एकै ठाउँमा आठ जना मजदूरको मृत्यु भएको थियो।
प्रान्तीय सरकारले खोज तथा उद्धारका लागि थप प्रहरी र उद्धारकर्मी परिचालन गरेको छ।