काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलकाे स्वास्थ्यमा समस्या देखिएपछि बुधबार स्थगित भएकाे बैठक बिहीबार बस्न लागेको हो। नेता पौडेलमा ग्यास्टिक लगायतका समस्या देखिएपछि उनले बैठकमा सहभागी हुन नसक्ने जानकारी बुधबार गराएका थिए।
बैठकमा पार्टीका भातृ तथा शुभेच्छुक संस्थाबारे छलफल गर्ने एजेन्डा रहेको नेताहरूले बताएका छन्। कांग्रेसका सबै भातृ संस्था विधानअनुसार समय सकिएपछि यतिबेला निस्क्रिय अवस्थामा छन्। यसबारे आज बस्ने बैठकमा गहन छलफल गर्ने कार्यसूची छ।बैठकमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान र एकता प्रक्रियामा आएका विजय कुमार गच्छेदार समूहका नेताहरुको जिम्मेवारी तोक्नेबारे पनि छलफल हुने नेताहरूले बताएका छन्।