पेरू– पेरुमा दुई सय २७ जना बालबालिकाका सामूहिक चिहान भेटिएको छ। पेरुको राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा पुरातत्वविदहरुले सो चिहान फेला पारेका हुन्।
उक्त चिहान कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै पहिलेको भएको समाचारमा उल्लेख छ। बली चढाउने प्रथाका कारण त्यति धेरै बालबालिकाहरुको शव एकै ठाँउमा गाडिएको हुन सक्ने अनुमान त्यहाँका पुरातत्वबिदहरुले गरेका छन।
पुरात्वात्विक वस्तुहरुको उत्खननका क्रममा भेटिएको त्यस चिहान बलि चढाउइएको मध्येको अहिले सम्मकै सबैधन्दा ठूलो चिहान भएको बताइएको छ। कतिपय चिहानको अवशेषको रुपमा छाला र कपाल समेत भेटिएको छ।
‘यो हृदयविदारक छ, बालबालिकामाथि यतिसम्मको अन्याय । जहाँ खन्यो, त्यहाँ बच्चाका अवशेष पाइन्छ,’ प्रमुख पुरातत्वविद फारेन क्यास्टिल्लोले भने।क्यास्टिल्लोले चारदेखि १४ वर्ष उमेरका यी बालबालिकालाई चिमु संस्कृतिका देवता खुशी पार्न बली चढाइएको बताए। हुआनचाकोमा चिमु सांस्कृतिक कालमा धेरै बालबालिकालाई बली चढाइएको थियो। यो कालखण्ड सन् १२०० देखि १४०० रहेको थियो।
यसअघि हुआनचाकिटोमा पनि अप्रिल २०१८ मा बली चढाइएका १४० जना बालबालिकाको अवशेष फेला परेको थियो। यो कालखण्ड सन् १२०० देखि १४०० रहेको थियो।