एजेन्सी– जापान रोजगारीका लागि विश्वका धेरै देशहरुको लागि गन्तव्यस्थल हो। वर्षेनी अन्य देशबाट लाखौँको संख्यामा मानिसहरु जापान जाने गर्छन। गुणस्तरिय जीवन बिताउने लक्ष्यसहित पैसा कमाउन जापान जाने क्रम अहिले पनि जारी छ। तर त्यहाँको वास्तविकता धेरैले सोचे भन्दा फरक छ।
रोजगारका लागि जापान पुगेका विदेशी कामदारमाथि अत्यधिक शोषण हुनेगरेको बीबीसीले जनाएको छ। उनीहरुलाई शारिरिक तथा मानसिक यातना समेत दिने गरेको पाइएको छ। बीबीसी संवाददातासँगको कुराकानीमा जापानमा कार्यरत कामदारहरुले आफूले गरेको कामअनुसारको पैसा नपाएको गुनासो गरेका छन्। कपडा कारखानामा कार्यरत एक महिलाले आवश्यक परेको समयमा छुट्टी पनि नपाएको बताएकी थिइन।
तर कारखानाले उक्त आरोप अस्विकार गरेको छ। उक्त कामदारहरु प्रतिनिधि पात्रहरु हुन। यस्ता घटनाहरुको कारण जापानको आप्रवासि सम्बन्धी कार्यक्रमले पनि आलोचना खेपीरहेको छ। नेपालबाट पनि जापानमा कामदार लाने प्रक्रिया चलिरहेको छ। त्यसैले ह्वात्तै पैसा कमाउने प्रलोभनमा विदेशिनुभन्दा पहिले यसबारे पनि विचार गर्ने कि?