काठमाडौँ – नागरिक लगानी कोषले बचतकर्तालाई दिने ब्याजदर बढाएको छ। संस्थागत रुपमा सहभागी हुने एकांक धनीहरुलाई दिने ब्याजदर बढाएको हो।
कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार वार्षिक ब्याजदर ५ दशमलब ५ प्रतिशतबाट बृद्धि गरी ८ प्रतिशत र्पुयाएको छ।
कोषले हाल कर्मचारी वचतबृद्धि, नागरिक एकांक योजना, उपदान कोष योजना, लगानीकर्ता हिसाव योजना लगायतका विभिन्न वीमा कोषहरु समेत गरी कुल ११ ओटा योजनाहरु सञ्चालन गरिरहेको छ।