शाहजहांपुर – उत्तर प्रदेशको शाहजहांपुरमा भएको सडक दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। टेम्पो र पिकअप भ्यानलाई ठक्कर दिएर ट्रक पल्टिँदा १६ जनाको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएकाहरुको अवस्था गम्भीर रहेकाले मर्नेको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुले बताएका छन्। राष्ट्रिय राजमार्गको जमुनाहा चोक नजिकै गुडिरहेको टेम्पोलाई पछाडिबाट आएको अनियन्त्रित ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।
उनीहरुका अनुसार टेम्पोलाई ठक्कर दिएपछि अगाडि रहेको यात्रुवाहक पिकअप भ्यानलाई ठक्कर दिएर सडकमा पल्टिएको थियो। (नवभारत टाइम्स)