एजेन्सी– इटालियन सिरि ए फुटबलमा रोमेलु लुकाकले इन्टर मिलानका लागि पहिलो खेलमा नै गोल गरेका छन्।
लिसी क्लबमाथि ४–० को प्रभावशाली जितका लागि रोमेलु लुकाकुसँगै मार्सेलो बोजोभिक, स्टेफानो सेन्सी र एन्टोनियो क्यान्डेभाले गोल गरे।
पहिलो हाफमा दुई गोलले अगाडि लागेको अवस्थामा ६० औं मिनेटमा लुकाकुले क्लबका लागि आफ्नो गोलको खाता खोलेका हुन।
त्यसपछि पनि इन्टर मिलानले थप १ गोल गर्दै टिमको लागि फराकिलो जित दर्ता गर्यो। कमजोर देखिएको लिसिले भने गोलको खाता समेत खोल्न सकेन।