चितवन– टेलीभिजन कार्यक्रम प्रस्तोता रबि लामिछानेले घुमाउरो पाराले राजनितिमा प्रवेश गर्ने संकेत गरेका छन्। आज बिहान भएको पत्रकार सम्मेलनमा उनले यस्तो खुलाशा गरेका हुन्।
आफ्नो राननितिको ढोका बन्द नभएको र समय अनि परिस्थितिले माग गरेको अवस्थामा उनी राजनितिमा छिर्न सक्ने उनको अभिव्यक्ति थियो। हालका लागि आफू पत्रकार भएको र तत्काल आफ्नो क्षेत्र परिवर्तन भने नहुने उनको राय छ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिजो मात्रै ५ लाख धरौटीमा रिहा भएका रबि जनप्रिय पत्रकार हुन्। आफ्नो पत्रकारिता मार्फत जनताका दैनिक समस्याहरुको समाधान खोज्ने उनको पक्राउविरुद्ध १० दिन देश नै अशान्त बनेको थियो।
राजनिति बाहेक अन्य क्षेत्रबाट पनि सामाजिक क्षेत्रमा सकरातमक परिवर्तन गर्न सकिने उनको भनाई थियो।आफ्नो हिरासत बसाइको अनुभव सुनाउँदै उनले प्रहरिले नसकेको खण्डमा आफूले नै शालिकराम पुडासैनीबारे सत्यतथ्य बाहिर ल्याउने बताए।