काठमाडौं – प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा काठमाडौंबाट प्रहरीले एक व्यक्तीलाई सोमबार नियन्त्रणमा लिएको छ।
टिपरको चेकजाँच गर्ने क्रममा कारवाहीबाट जोगिन ५ सय रुपैयाँ घुस दिन खोजेपछि ललितपुर गोदावारी नगरपालिका ३ का पवन सिलवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।