बर्दिया – जिल्लामा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेका छन्। आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया र अस्थायी प्रहरी पोष्ट लक्ष्मणाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–९ माछागढ बस्ने ३२ वर्षीय धनबहादुर रानामगर रहेका छन्। उनलाई आफ्नै घरबाट पक्राउ गरिएको थियो।
पक्राउ परेका रानामगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए। (रासस)