धादिङ – धादिङका पूर्व न्यायाधीश ज्ञाइन्द्रबहादुर श्रेष्ठले राधाकृष्ण मन्दिर सञ्चालनार्थ नगद रु ११ लाख एक हजार ११ रुपैया रकम सहयोग गरेका छन्।
सर्वोच्च अदालतका पूर्व न्यायाधीशसमेत रहेका धादिङबेँसीका श्रेष्ठ उनका छोरा अधिवक्ता नारायण कुमारको तर्फबाट शान्तबजारमा रहेको राधाकृष्ण मन्दिर सञ्चालनको लागि अक्षयकोषमा राख्ने गरी नगद हस्तान्तरण गरिएको हो।
४० वटाभन्दा बढी कानूनी पुस्तक प्रकाशन गरिसकेका पूर्वन्यायाधीश श्रेष्ठले किताब बेचेर आएको रकम मन्दिरलाई प्रदान गरेको बताएका छन्। मन्दिरका संरक्षकसमेत रहेका श्रेष्ठ आफैँल राधाकृष्ण मन्दिर बनाइदिएका थिए। (रासस)