काठमाडौं–भोली १ बजेका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । सो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने नेकपाले जनाएको छ।
अर्का अध्यक्ष एवं प्रधानमन्त्री के पी शर्मा ओलीको अनुपस्थितिमा बैठक राख्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो।
बैठकमा महानगर इन्चार्ज तथा सहईन्चार्जका विषयमा छलफल हुने बताइएको छ। साथै विविध राजनितिक घटनाक्रम र प्रवास कमिटिबारे पनि कुराकानी हुने जनाइएको छ।