काठमाडौं– भदौ २४ गते देखि २८ गते सम्म पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। १० स्वर्णपदकका लागि हुने उक्त खेल इटहरिमा हुन लागेको हो। उक्त प्रतियोगितामा २०० खेलाडीले छुट्टाछुट्टै विधातर्फ प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ शीर्ष वरीयताका १६ खेलाडीले एकलमा मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन्। महिलातर्फ शीर्ष वरीयताको एकल, वरीयता बाहेक पुरुष तथा महिला एकल, खुला पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु–१७ एकल तथा ४५ बर्ष माथिको पुरुष भेट्रान्स युगल आदि विधामा खेलहरु हुनेछन्।
नवौँ संकरणको पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई योनेक्स सनराइज, नेपाल खेलकुद महासंघ तथा नेपाल ब्याडमिन्टन संघले संयुत्तल रुपमा आयोजना गने लागेका हुन्। इटहरीस्थित रंगशाला हाता भित्र रहेको कभर्डहलमा खेलहरु खेलाइने आयोजक टिमले जनाएको छ।
उच्च वरियताबीचको पुरुष तथा महिला एकलको विजेतालाई समान ५० हजार तथा दोस्रोलाइ २५ हजार र तेस्रोलाइ १२ हजार ५ सय रुपैँयाको पुरस्कार दिइने छ।त्यस्तै पुरुष एकल, महिला एकल र युगलकातर्फ विजेताले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार प्राप्त गर्नेछन् ।
छात्र तथा छात्रा एकलका विजेतालाई १० हजार, दोस्रोलाइ ७ हजार र तेस्रोलाइ ४ हजार रुपैयाँको पुरस्कार दिइने आयोजक संघका महासचिव वीरेन्द्र श्रेष्ठले बताए।